राष्ट्रिय प्रजातन्त्र पार्टी सुनकोशी गाउँपालिका गाउँ कार्य समिति सिन्धुपाल्चोकको अधिबेशन सरोज के सि को अध्यक्षतामा १६ सदस्यीय समिती सर्वसम्मतले निर्वाचित भएको छ।कार्यक्रम केन्द्रीय सदस्य दईन्द्र बहादुर ठकुरीको प्रमुख आथित्यतामा केन्द्रीय सदस्य उदय सापकोटा, केन्द्रीय सदस्य गोपाल श्रेष्ठ, केन्द्रीय सदस्य लक्ष्मी थापा,जिल्ला अध्यक्ष निल ध्वज थापा, क्षेत्रीय अध्यक्ष रामेश्वर खड्का लगायतको उपस्थितिमा आज पौष २२ गते सुकुटे सिपामा सम्पन्न भएको छ। भोलि जुगल गाउँ कार्य समितिको अधिबेशन रहेको बताइएको छ ।
२२ पुस २०८२, बुधबार ०५:५८ मा प्रकाशित