आज डिसेम्बर २५ अर्थात ‘क्रिसमस डे’, किन मनाइन्छ ?

दिपक विक्रम देउजा

पुस १०,काठमाडौं । आज डिसेम्बर २५ अर्थात क्रिसमस डे पर्व, नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले मनाउँदैछन् । 
येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार प्रत्येक वर्ष २५ डिसेम्बरमा क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् । 
क्रिसमस किन र कसरी मनाईन्छ ? यस्तो छ कथा 
क्रिसमसको कथा आजभन्दा करिब २ हजार बर्षअघिको हो । बाइबलमा उल्लेख भए अनुसार त्यसबेला रोम शासन थियो । रोम शासनबाट बचाउनका लागि जिसस क्राइस्ट धर्तीमा अवतरण गरेका थिए । 
जुन दिन जिससको जन्म हुनेवाला थियो । त्यसबेला म्यारी र जोसेफ बेथलेहतिर जाँदै थिए । त्यसबेला बेथलेहम निकै भिड हुन्थ्यो । उनीहरुले बस्ने ठाउँ पाएनन् । त्यसैले त्यस रातका लागि घोडाको तबलामा बसे । त्यही जिससको जन्म भयो । यहि कथालाई आधार मानेर क्रिसमस डे मनाइन्छ । 
क्रिसमसलाई पश्चिमा समाजले भव्यताका साथ मनाउने गर्छन् । यसबेला घर घरमा क्रिसमस ट्रि सजाउने, त्यसमा रंगीचंगी बिजुली बाल्ने, खेलौनाहरु सजाउने जस्ता विधीहरु गरिन्छ ।के पनि भनाई छ भने, शान्त क्लज (जसलाई क्रिसमसको पिता भनिन्छ) यसबेला हरेकको ढोकामा आउँछन् ।  
त्यही कारण पनि घरलाई झिलिमिली बनाइन्छ । शान्त क्लजले उपहार लिएर ढोकामा छाडिदिने कथन छ । यस पर्वको खास विशेषता भनेको क्रिसमस ट्रि, शान्त क्लज, उपहार नै हो । यतिबेला रातो पृष्टभूमीमा सेतो फेरो भएको क्रिसमस ह्याट र लुगा लगाउने गरिन्छ । 
क्रिसमससँग जोडिएको रोचक कथा पश्चिमा समाजमा प्रचलित छ, खासगरी बच्चाहरुका निम्ति । भनिन्छ, शान्त क्लजले आकासमा बसेर बच्चाहरुले गर्ने गतिविधि नियालीरहेको हुन्छ । 
बच्चाले के राम्रो गरेको छ, के नराम्रो गरेको छ, सबै लेखाजोखा गर्छ । अनि सुनको मृगले तानेको रथमा चढेर आकाशको बाटो हुँदै हरेकेका घरघरमा आउँछ । राम्रो काम गर्ने बच्चाका लागि खास उपहार लिएर छाडिदिन्छ । 
संभवत धर्मको माध्यामबाट बच्चाहरुलाई सत्मार्गमा लाग्नका लागि प्रेरित गरिएको हो । क्रिसमसले विश्व अर्थतन्त्रमै प्रभाव पार्छ । बजारको ग्राफ एकाएक आकासिन्छ । पसलमा नयाँ नयाँ सामग्री, खाद्यन्न, लताकपडा, सजावटको सामाग्री, उपहारको खरिद बिक्री हुने गर्छ । अमेरिकामा क्रिसमसको लागि किनमेलको मौसम नै मानिन्छ । 
साे दिनलाई ब्ल्याक फ्राइडे पनि भनिन्छ । यो दिन थ्यांक्स गिभिङसम्म आएर समापन हुन्छ । मनोरञ्जनदेखि ठूल-ठूला उद्योगले आफ्नो उत्पादनका लागि विशेष मौकाको रुपमा क्रिसमसलाई उपयोग गर्ने गरेका छन् । 

प्रतिक्रिया