देश जलाउनेहरुलाई पराजित गर्दै देश बनाउनेहरुलाई बिजयी गराउनु एमाले कार्यकर्ताको कर्तव्य हो नेता हस्त पण्डित

दिपक विक्रम देउजा

नेकपा (एमाले )सिन्धुपाल्चाेक जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २, प्रदेश (ख) द्वारा मेलम्चिमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । आजकाे सो अगुवा कार्यकर्ता भेला प्रदेश सभा ( ख)का संयाेजक  निर्मल बन्जाराकाे अध्यक्षता ,मेलम्ची नगर कमिटी सचिव सालिकराम अधिकारीको सन्चालन , नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा निर्बाचन परिचालन  कमिटी संयाेजक  हस्त पण्डितको प्रमुख आतिथ्यता, एमाले केन्द्रीय सदस्य  डाेल्मा तामाङको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।उक्त भेलामा जिल्ला कमिटि उपाध्यक्ष  अर्जुन भण्डारी  जिल्ला कमिटि सचिव  कृष्णगाेपाल तामाङ लगायत जिल्ला कमिटी सदस्यहरु मेलम्चि नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपाेखरी थाङ्गपाल गाउँपालिका अगुवा कार्यकर्ताहरुको व्यापक  उपस्थिति रहेको निर्बाचन परिचालन कमिटी सचिव कृष्ण गोपाल तामाङले जानकारी गराउनु भयो ।


 उक्त अगुवा कार्यकर्ता भेलामा  परिचालन कमिटीका संयोजक हस्त पंडितले पार्टीका विरुद्ध लगाईएका भ्रमहरु चिर्दै देश जलाउनेहरुलाई पराजित गर्दै देश बनाउनेहरुलाई बिजयी गराउनु एमाले कार्यकर्ताको कर्तव्य रहेको बताउनु भयो  । सो भेलामा उहाँले आगामी फागुन २१ गते हुने संघीय निर्बाचनमा एमालेका उम्मेदवार शेर बहादुर तामाङलाई बिजयी गराउन कार्यकर्ताहरुलाई निर्देशन समेत दिनु भएको कार्यक्रममा सहभागी  एमाले पाँचपोखरीका सचिब सुशान बोम्जनले जानकारी गराउनु भयो ।


प्रतिक्रिया