काठमाडौ सार्वजनिक सरोकार । नेकपा एमाले सिन्धु –काठमाडौं सम्पर्क मञ्चले शुक्रबार “महिला भेला तथा तीज विशेष कार्यक्रम” भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम मञ्चकी उपाध्यक्ष तथा संयोजक राधा सापकोटाको अध्यक्षतामा, पूर्वमन्त्री एवं नेकपा एमाले सचिव पद्मा अर्यालको प्रमुख आतिथ्यमा,
विभिन्न संस्कृत कार्यक्रम सान ब्याङ्केट खहरेचोक पेप्सी आयोजना गरिएको हो।
कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ पार्टी जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ बागमती प्रदेश सम्पर्क कमिटी इञ्चार्ज सरस्वती बस्नेत, सम्पर्क समन्वय कमिटी सचिवालय सदस्य सरिता दाहाल, बागमती प्रदेश सम्पर्क कमिटी अध्यक्ष अशोक ठकुरीसहित विभिन्न तहका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
करीब ४०० नेता कार्यकर्ता सहभागिता रहेको थियो । कार्यक्रममा, प्रमुख अतिथि अर्यालले संस्कृति जोगाउँदै महिलाहरूको हकअधिकारका लागि निरन्तर संघर्ष गर्नुपर्ने र प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिनुपर्नेमा बल दिनुभयो।कार्यक्रममा लोक गायक भिमसेन खतिवडा र राधिका ढकालको जोडिलो संङ्गित मााहोल तताएका थिए।