रुस–युक्रेन युद्धबाट सकुशल फर्किएका देउजाद्वारा पाल्चोक भगवती मन्दिरमा ११ केजीको घण्ट दान

दिपक विक्रम देउजा

सिन्धुपाल्चोक मानवीय जीवन जन्मे मृत्यु शैयामम नपुग्दा समेत केही न केही उत्तर चढाब भोग्नु नु नै पर्छ त्यस्ता एउटा त्यसको एउटा उदाहरण बनेका छन्न मेलम्ची नगरपालिका–६ तालामाराङका  शोबित देउजा 

     

देउजा करिब २ वर्ष अगाडि रुसी सेनामा भर्ना हुन पुगेका थिए लगातार रुपमा १ वर्ष  रुस–युक्रेन युद्ध लडिरहे आफ्नो आँखै अगाडि सयौं साथीहरूले बिरानो मुलुकमा प्रण त्याग्न पुगे त्यो दर्दनाक युद्ध भुमिबाट जीवित फर्किएपछि देवी शक्तिको प्रतीक पाल्चोक भगवती मन्दिरमा ११ केजी तौलको घण्ट दान गर्नुभएको छ।

रुसी सेनामा भर्ती भई करिब एक वर्षसम्म भीषण युद्धको सामना गरेका देउजाले युद्धको मैदानमै घाइते अवस्थामा ९ दिनसम्म पानी नपाई असाध्यै कठिन परिस्थिति व्यतीत गर्नुपरेको बताउनुभयो। आफ्ना सहयात्रीहरू युद्धमै आँखैअगाडि गुमाउँदा पनि अद्भुत धैर्य र आत्मबलका कारण ज्यान जोगाई सकुशल स्वदेश फर्किन सफल हुनुभएको हो।

   
 
देउजाको श्रद्धा र समर्पणको उच्च मूल्याङ्कन गर्दै स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा समाजसेवीहरूले उहाँप्रति सम्मान र गर्वको भावना व्यक्त गरेका छन्। बिहीवार सम्पन्न घण्ट दान कार्यक्रममा मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरू, स्थानीय श्रद्धालु, बुद्धिजीवी तथा भक्तजनहरूको उल्लेख्य उपस्थितिले मन्दिर परिसर उत्साहमय बनेको थियो।
 
युद्धको भयावह अनुभवपछि मातृभूमिमा फर्किएर धार्मिक आस्थासँग जोडिएको देउजाको यो कदमले “जीवन रहँदासम्म आस्था र मानवता कहिल्यै मर्दैन” भन्ने सन्देश दिएको सहभागीहरू बताउँछन्।

प्रतिक्रिया