सेनाको सुरक्षाबाट बाहिर निस्किए ओली अबको बसाइँ भक्तपुर गुण्डु

दिपक विक्रम देउजा

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री  केपी शर्मा ओली नेपाली सेनाको सुरक्षाबाट बाहिर निस्किएका छन्।

जेन–जी आन्दोलन चर्किएपछि भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओलीलाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेर सुरक्षित स्थानमा राखेको थियो।

स्रोतका अनुसार उनी बिहीबार नेपाली सेनाको सुरक्षाबाट बाहिर आएका हुन्। उनी भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्ने बताइएको छ।

ओलीको बालकोटस्थित घर जेन–जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएपछि उनी भाडाको घरमा बस्न लागेका हुन्।

स्रोतका अनुसार ओलीले शुक्रबार च्यासलस्थित एमालेको पार्टी कार्यालय अवलोकन गर्नेछन्।

प्रतिक्रिया