अखिल नेपाल महिला संघ हेलम्बुले गर्यो तीज विशेष कार्यक्रम

दिपक विक्रम देउजा

सिन्धुपाल्चोक भदौ ५ । नेपाली हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा देशका विभिन्न स्थानहरू र विशेष गरी सहरी क्षेत्रमा तीज मनाउने, दर खाने, शुभकामना आदान प्रदान गर्ने, नाचगान गरेर रमाइलो गर्ने माहोल बढेको छ । विभिन्न संघ संस्थामा आबद्ध महिला दिदी बहिनीहरू राता साडी र गरगहनामा सजिएर तीज मनाउँदै गरेको देखिएको छ ।
बिहीबार कम्युनिष्ट पार्टी (एमाले) हेलम्बु गाउँपालिका कमिटीले चनौटेमा तीजको शुभकामना आदान प्रदान गरेको छ । पालिका कमिटीका महिला दिदीबहिनीहरूलाई समावेश गराउदै तीजको अवसरमा दर खादै शुभकामा आदान प्रदान कार्यक्रम गरेको हो ।
पालिका कमिटीकी सदस्य तथा महिला विभाग प्रमुख शान्ति लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश कमिटी उपसचिव भक्त कुमारी लामा प्रमुख अतिथि रहनुभएको थियो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले हामी नेपाली हिन्दु नारीहरुले भोग्दै आएको दुःख, सुख, पीडा, हाँसो, खुसी, आँसु, कथा, व्यथालाई गीत मार्फत व्यक्त गर्दै हाँसी खुसी मनाइने यो महान पर्व तीजलाई विकृति ल्याएर बिगार्न नहुने बताइन । पर्वका नाममा हुने सबै खाले विकृतीलाई हटाउदै पर्वका सकारात्मक पक्षलाई संस्कारका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा एमाले वाग्मती प्रदेश कमिटी सचिवालय सदस्य
बालकृष्ण देउजाले समाजमा देखा पर्ने महिलामाथी हुने सबै खाले हिंसाको घटना प्रति सबैको ध्यान जानुपर्नेमा जोड दिदै समाजको सकारात्मक परिवर्तनबाट मात्र समुन्नत समाज निर्माणको लक्ष्य पार्टीले पुरा गर्ने विश्वास व्यक्त गरे । 
यस पर्वलाई उच्च, निम्न, मध्यम सबै वर्गका दिदी बहिनीहरूले कला संस्कृतिको जगेर्ना गर्दै मनाइनु पर्ने कुरामा जोड दिँदै देश तथा विदेशमा रहेका सम्पूर्ण दिदी बहिनी तथा महानुभावहरूलाई शुभकामना व्यक्त गर्नु भयो । त्यस्तै सोही  कार्यक्रममा आउने क्रममा राष्ट्रिय कलाकार तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य भिमसेन खतिवडा लगाए अन्य नेताहरू चडेको स्सकोपियो गाडी मेलम्ची नगरपालिका वडा नम्बर १३ फट्केश्व नजिकै  दुर्घटना भएको थियो सो दुर्घटनामा गायक तथा नेता भिमसेन खतिवडा घाइते भएको खबरले दुख व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य तथा संविधानसभा सदस्य डोल्मा तामाङले तीज पर्वको महत्व, संस्कृतिको संरक्षण र सामाजिक एकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको दर खाने कार्यक्रममा सहभागीहरूले शुभकामना आदान–प्रदान गर्दै परम्परागत पर्वलाई भव्यताका साथ मनाउनुपर्नेमा जोड दिनुभयो।



त्यस्तै प्रदेश कमिटी सदस्य तथा मेलम्ची नगरपालिका उप प्रमुख उमा प्रधानले तीज जस्ता पर्वले महिला सशक्तिकरण, आपसी सद्भाव र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउने भएकाले सबैले एकताबद्ध भई पर्व मनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले परम्परागत चाडपर्वलाई केवल मनोरञ्जनका रुपमा नभई सामाजिक परिवर्तनको आधार बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।
त्यस्तै अन्य अतिथिहरुमा जिल्ला कमिटी सचिवालय सदस्यहरु दावा लामा हेल्मो, गांगा अर्याल,सुनिता पराजुली पालिका कमिटी अध्यक्ष सरोज गजुरेल जिल्ला कमिटी सदस्य गांगा भण्डारी लेखा आयोग उपाध्यक्ष
गोमा खड्का ,नेता रामशरण गिरी ,राजेन्द्र लामिछाने सोम तामाङ लगाए नेता कार्यकर्ताको उपस्थिति रहेको थियोे ।भने।कार्यक्रम लाई लोक गायीका राधीका ढकाल र विनिता भण्डारी को बेजोड प्रस्तुति दिनुभएको थियो ।


भेलाबाट गोमा खड्का अध्यक्षतामा २० सदस्यीय पालिका स्तरीय अनेमसघं समेत गठन गरेको छ। जसको उपाध्यक्षमा विनिता भण्डारी ,सचिव तारा बस्नेत र उपसचिव देवकिी बजगाई,कोषाध्यक्ष  मीना आचार्य चयन भएको नेतृ गंगा अर्यालले बताउनु भयो ।



प्रतिक्रिया