फूर्के सल्ला सामुदायिक वन उपभोक्ता समूहको ७ औं साधारणसभा र अधिवेशन सम्पन्न

दिपक विक्रम देउजा

फूर्के सल्ला सामुदायिक वन उपभोक्ता समूहको हेलम्बु-४ को ७ औं साधारणसभा र अधिवेशन  सम्पन्न भएको छ। उक्त कार्यक्रममा नयाँ नेतृत्व चयन गरिएको छ ।  


अधिवेशनबाट गोसर बहादुर कार्की अध्यक्षमा  निर्वाचित भएका छन् ।त्यस्तै नानी बहादुर देउजा उपाध्यक्ष, बाल कुमारी देउजा सचीव, सन्चमान तामाङ कोषाध्यक्ष, र कालुमान तामाङ सहसचीवको पदमा चयन भएका छन्।


 सदस्यहरुमा केशव भट्टराई, आशाराम तामाङ, रामहरी लामिछाने, कलावती थापा, र लक्ष्मी लामिछाने र आशाराम तामाङ, निर्वाचित भएका छन्।  नयाँ नेतृत्वका सदस्यहरूले सामुदायिक वनको विकास र संरक्षणका लागि समर्पित भावनासहित काम गर्ने प्रतिवद्धता जनाएका छन्।


कार्यक्रमको प्रमुख अतिथिका रूपमा हेलम्बु गाउंंपालिका वडा नम्बर ४ का  वडा सदस्य, सिता सुनुवार उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल द्वारा सहजिकरण गरिएको थियो।


सामुदायिक वन उपभोक्ता समूहको यो बैठकले स्थानीय प्राकृतिक स्रोतको संरक्षण र व्यवस्थापनमा अझ प्रभावकारी कदम चाल्नका लागि उपभोक्तासँगको समन्वयमा महत्त्वपूर्ण भूमिका निभाउने अपेक्षा गरिएको निर्वाचन अधिकृत खिलप्रसाद लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया