हेलम्बुमा आयोजित निशु:ल्क स्वास्थ्य सिविरमा ६८७ जनाले सेवा लिए

दिपक विक्रम देउजा


हेलम्बु गाउँपालिकाको आयोजना कोरिया नेपाल मैत्री अस्पतालको विशेषज्ञ डाक्टर सहित टोलि सहयोग र डुनामिस चर्च हेलम्बु -४ को समन्वयमा आयोजित निशुल्क स्वास्थ्य सिविरमा ६८७ जनाले सेवा लिएका छ्न ।


२०८२ फागुन ६ गते देखि ८ गते सम्म सञ्चालन भएको  वृहत निशुल्क स्वास्थ्य शिविरमा 

दाँत सम्बन्धी सेवा (दाँत निकाल्ने, भर्ने, गिजा सम्बन्धी उपचार)

सामान्य सर्जरी (मासुका डल्लाहरु निकाल्ने)

पायल्स, फिस्टुला, हर्निया, हाइड्रोसिल, प्रोस्टेट सम्बन्धी चेकजाँच तथा उपचार,  पेट र छाती सम्बन्धी चेकजाँच तथा भिडियो एक्सरे सेवा, महिलाहरुको पाठेघर सम्बन्धी चेकजाँच तथा भिडियो एक्सरे सेवा,  हाडजोर्नी तथा नशा सम्बन्धी चेकजाँच तथा उपचार , बालरोग सम्बन्धी चेकजाँच तथा उपचार,  निःशुल्क औषधी वितरण,  विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि विशेष सेवा

      ब्लड ग्रुप परिक्षण, आँखाको दृष्टि परिक्षण,  BMI (Body mass index) परिक्षण सेवा उपलब्ध गराइएको आयोजकले जनाएको छ ।


 

हेलम्बु प्राथमिक अस्पताल (हेलम्बु-२, किउल)मा स्वास्थ्य शिविर आयोजना भएको हो ।


प्रतिक्रिया