सिन्धुपाल्चोक । घरदैलो अभियानका क्रममा चौतारा मा जेष्ठ नागरिकहरूसँग आत्मीय भेटघाट तथा छलफल गर्दै शेर बहादुर तामाङले जेष्ठ नागरिकको सम्मान र सुरक्षालाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँले जेष्ठ नागरिकहरू समाजका मार्गदर्शक, अनुभवका धनी र प्रेरणाका स्रोत भएको उल्लेख गर्दै उनीहरूको सुझाव र अनुभवलाई नीति निर्माणमा समेटिने बताउनुभयो। जेष्ठ नागरिकको सम्मान नै सभ्य समाजको पहिचान हो,” उहाँले भन्नुभयो ।उहाँहरूको योगदानको कदर गर्दै स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र सम्मानजनक जीवनयापन सुनिश्चित गर्न म सधैं लागिरहनेछु।उहाँले जेष्ठ नागरिक भवन बनाउन पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरूले तामाङप्रति विशेष विश्वास र आत्मीयता प्रकट गर्दै आशिर्वाद प्रदान गरेका थिए। तपाईं सधैं इमान्दार र जनताको सेवामा समर्पित रहनुहोस्, सिन्धुपाल्चोकको विकासलाई नयाँ उचाइमा पुर्याउनुहोस्, स्वास्थ्य, दीर्घायु र सफलताको कामना छ जस्ता शुभकामनासहित उहाँलाई टिका, खादा र आशीर्वचन प्रदान गरिएको थियो।
कतिपय जेष्ठ नागरिकहरूले गरिब, किसान र श्रमिकको पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्दै आगामी निर्वाचनमा विजयी हुने विश्वास व्यक्त गरेका थिए। घरदैलो अभियानमार्फत प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै अघि बढिरहेको यस कार्यक्रमलाई स्थानीयवासीले सकारात्मक र उत्साहजनक रूपमा लिएको जनाइएको छ।