सिन्धुपाल्चोक समाजले मनायो यूएईमा तीज

दिपक विक्रम देउजा

यूएई सिन्धुपाल्चोक सेवा समाज यूएईले गत आइतबार गाउँवेसी रेष्टुरेन्ट वरदुबईमा जिल्लावासी चेलीबेटीलाई दर खुवाउदै मनोरन्जनात्मक तीज कार्यक्रम सम्पन्न गरेको छ ।


३१ अगस्तका दिन तीज मनाउन जम्मा भएका जिल्लावासी महिलाहरुलाई सँस्थाका पदाधिकारी तथा सदस्यहरुले तीजको दर खुवाएका थिए । उक्त अवसरमा रंगिन सारी चोलो र रंगीचंगी चुराहरुमा सजिएका चेलीहरुले तीजका गीतमा कम्मर मर्काई मर्काई नाच्दै नेपालमै हुने गरेका तीजका नृत्यहरुको झल्को दिईरहेका देखिन्थे । संस्थाको स्थापना देखि नै समाजले प्रत्येक वर्ष जस्तो विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम गर्दै आएको संस्थाकम अध्यक्ष सुभाष न्यौपानेले बताए।

यूएईमा रहेका सिन्धुपाल्चोकवासीहरुलाई एकजुट गराउदै समाजलाई शसक्त बनाउदै लैजाने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा बिभिन्न किसिमका साँस्कृतिक प्रस्तुतिहरु देखाईएको थियो । समाजका पुर्व अध्यक्ष दिपक राउतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाकाअध्यक्ष सुभाष न्यौपाने गरेका थिए भने कार्यक्रममाउपाध्यक्ष सुनिल तामाङ , महासचिव विश्व भुजेललगायतका पदाधिकारी तथा सदस्यहरु कार्यक्रम सफल र सौहाद्रपूर्ण रुपमा सम्पन्न गर्नका लागि ४८ डिग्रीको तातो घामको कुनै परवाह नगरी मध्यान्ह देखि नै खटिएका थिए । तीज कार्यक्रमको सफलता संगै समाजले नेपालबाट कलाकार झिकाइ बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्ने सोच बनाएको  महासचिव भुजेलले बताए ।

समाज कामको सिलसिलामा वा विभिन्न कारणले युएई पुगि अलपत्र परेका वा मृत्युु वर्ण गरेकाहरुलाई समेत सहयोग गरि नेपाल फर्काउने गरेको बुझिएको छ सिन्धुपाल्चोक जिल्लामा विभिन्न विपत्ति आँउदा सहयोग गरेको विभिन्न उदाहरण समेत रहेका छन्न। प्रविधि कारणले यो पटकको कार्यक्रम ढिला हुन गएकोमा अध्यक्ष न्यौपाने क्षमा समेत मागेका थिए।
आज सम्मान कार्यक्रममा सय भन्दा बढी जिल्लावासीको सहभागिताले उत्साहित समाजले उपस्थित अध्यक्ष न्यौपानेले बताए ।

प्रतिक्रिया