मेलम्चीमा अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

दिपक विक्रम देउजा

मेलम्ची नगरपालिकाको आयोजनामा नगरपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिका भित्रका २१ बिद्यालय सहभागी प्रतियोगितामा शीतलादेवी माध्यमिक विद्यालय, मेलम्ची–१० ले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै इन्द्रेश्वरी माध्यमिक विद्यालय, मेलम्ची–११ दोस्रो हुँदा प्रगति अंग्रेजी माध्यमिक विद्यालय, मेलम्ची–११ तृतीय र ठुलोथकनी माध्यमिक विद्यालय, मेलम्ची–४ सान्त्वना भएको छ । 

इन्द्रेश्वरी माध्यमिक विद्यालयमा भएको कार्यक्रममा मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडा नं. १० का वडा अध्यक्ष अमृत खनाल, शिक्षा शाखा प्रमुख लक्ष्मीप्रसाद रिजाललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया