नेकपा एमालेको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को निर्वाचन केन्द्रीत भेला सम्पन्न

दिपक विक्रम देउजा



सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा 
नेकपा एमाले सिन्धुपाल्चोक २ नम्बर क्षेत्र अन्तरगत निर्वाचन केन्द्रीत भेला सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा काठमाडौँको छिमेकी पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ। भेलामा विभिन्न पेसा व्यावसायिक हिसाबले राजधानी काठमाडौमा रहनुहुने सिन्धुपाल्चोक निर्वाचन क्षेत्रमा नम्बर २ का जनताहरुको उत्साहजनक उपस्थिति देखिएको थियो , भेलाले एमालेका उम्मेदवार शेरबहादुर तामाङलाई विजयी गराउने दृढ संकल्प व्यक्त गरिएको थियो भने कार्यक्रममा कलाकार भिमसेन खतिवडा द्वारा बेजोड सांगीतिक प्रस्तुति समेत राख्नु भएको  थियो।

 

उक्त भेलमा निर्वाचन परिचालन कमिटीका सह-संयोजक तथ सम्पर्क मञ्च इन्चार्ज गम्भीरलाल श्रेष्ठ सभापतित्व गर्दै राजधानी काठमाडौँमा बसोबास गर्ने सम्पूर्ण सिन्धुपाल्चोकवासीलाई देश निर्माण गर्ने शक्ति नेकपा एमालेलाई जिताउन आह्वान गर्नुभयो। उहाँले राष्ट्रको समृद्धि र स्थायित्वका लागि एमालेको विजय अपरिहार्य रहेको बताउनुभयो।
भेलालाई सम्बोधन गर्दै एमाले केन्द्रीय कमिटी सचिव तथा काठमाडौ क्षेत्र नम्बर ४ का सुर्य धोजाबाहक उमेदवार डा. राजन भट्टराईले भन्नू भयो यो निर्वाचन भनेको देश सक्नेहरु र देश जोगाउनेहरु बीचको लडाइँ हो त्यसकारण तपाईं कुन कित्तामा उब्जाउनु हुन्छ त्यो कुरा तपाईं हो।



त्यसैगरी निर्वाचन परिचालन समितिका संयोजक हस्त पण्डित , एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुवास कर्माचार्यले , केन्द्रीय सदस्य डोल्मा तामाङ ,पुर्व अनुशासन आयोग सदस्य डम्बरबहादुर अर्याल ,प्रदेश कमिटी सचिव बालकृष्ण देउजा ,प्रदेश कमिटी सदस्य  झम्क नेपाल,जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ नेता मित्रलाल चौलागाईं ले
जनमत एमालेको पक्षमा रहेकाले सबै कार्यकर्ता एकताबद्ध भएर निर्वाचन अभियानमा लाग्न अनुरोध गर्नुभयो। उहाँहरूले पार्टीभित्रका आन्तरिक मतभेद थाती राख्दै साझा लक्ष्यका लागि सक्रिय हुन आग्रह गर्नु सिन्धुपाल्चोक २ मा एमाले एक ढिक्का भएर निर्वाचनमा होमिँदा कुनै शक्ति ले परास्त गर्ने नसक्ने र एमाले को जित सुनिश्चित रहेको नेताहरू बताउनुभयो
उम्मेदवार शेरबहादुर तामाङले राष्ट्रिय शक्ति निर्माण गर्दै मुलुकलाई सही दिशा दिन र सुखी नेपाली समृद्धि नेपाल निर्वाण गर्दै देश विकासको आधार निर्माण गर्ने पार्टी एमाले भएकाले आजको आवश्यकता एमालेको जित भएको स्पष्ट पार्नुभयो आफू निर्वाचित भए गए स्वास्थ विामा मार्फत सम्पुर्ण नेपालीहरुको सहज स्ववास्थमा पऊच पुर्याने र आफ्नो निर्वाचन क्षेत्रमा रहेको सबै ४९ वटै वडा कार्यालय सम्म पुग्ने बाटोहरु मुख सडकहरु स्तर उन्नति गर्दै पिच गर्ने र अघिल्लो कार्यकालमा झण्डै १०० वटा भन्दा माथि खानेपानी योजनाको काम गरेको   प्रसङ्गमा जोड्दै  नेता तामाङले भन्नुभयो नेकपा एमाले यो मुलुक को विकास निर्माणको अवधारणा बनाउने नेतृत्वकता पार्टी हो त्यसकारण पनि एमाले ले आगामी निर्वाचनमा विजय हुन जरुत छ भन्ने कुरामा नेताहरू एकमत हुनुभएको थियोे ।
कार्यक्रमको सहजिकरण मञ्च कि उपाध्यक्ष तथा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ को सह संयोजक राधा सापकोटाले गर्नु भएको थियोे भने अर्का सह संयोजक राजन आचार्यले भेलालाई शुभकामना मनतव्य व्यक्त गर्नुभएको थियोे  । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ मा पाँच वटा पालिका अन्तर्गतका ४९ वटा वडाहरु रहेका छन्न।


प्रतिक्रिया