कविता - धनलक्ष्मी
बोल्छ मनुज घरीघरी भए रुपैयापैसा कास
गर्ने थिए सुभारम्भ कार्य भैदिए रुपैया पास ।
विपरीत बोलिरहे छ सदा रुपैया लोक माझ
भरिन्थे तिम्रो बगली गरे कार्यको सुभारम्भ ।
बुद्धि खाली मगजमा कहाँ त्यो भास्य बुझ्नु
बहाना भाग्यलाई ,नरुनु उठ्नु कर्ममा जुट्नु ।
पौरखी हातले सुन्दर भाग्यरेखा आफै कोर्नु
नगर्नु विस्वास फुस्रो नसिवमा कर्मयोगी बन्नु ।
जुट्नेहरु कर्ममा सदा बनेका छन धनवान
इतिहास साक्षी छ कर्मलाइ गर्ने पागलपन ।
कयैन को असफलता सिद्द भो ९९९ पटक
आइन पास लक्ष्मी चिम आविस्कार बखत ।
देख लक्ष्मी सधै छिन तस्विरमा उठिरहेकी
बुझ्नु अल्छी सङ्ग कदापी रहदैन धनलक्ष्मी ।
देख सरस्वती सधै हुन्छिन तस्वीरमा बसेकी
पौरखी व्यक्ति छोड्दिन्न धनकि देवि लक्ष्मी ।
लेखक:दिपेन्द्र थामी सिन्धुपाल्चोक
० मङ्सिर २०८२, आईतबार ०२:५४ मा प्रकाशित