सिपाघाट मा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न।
कान्तिपुर अस्पताल सुबिधानगर तिनकुने काठमाडौ को प्राबिधिक सहयोग तथा कान्तिपुर स्वास्थ्य केन्द्र सिपाघाट को आयोजना मा इन्द्रावती सामुदायिक सेवा केन्द्र मा सन्चालित एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविर मा ३९१ जना बिरामी हरु को निशुल्क स्वास्थ्य उपचार तथा परामर्श प्राप्त गरेको कान्तिपुर स्वास्थ केन्द्र सिपाघाट का सन्चालक श्याम खड्का ले बताउनु भयो। शिविर मा सेवा लिन आउने बिरामिहरुलाइ नि : शुल्क रुपमा औषधि बितरण पनि गरिएको थियो। शिविर को दिन ल्याब तथा एक्सरे सेवा मा ५० प्रतिशत छुट पनि दिएको सन्चालक खडका ले बताउनु भयो। यस्ता शिविर ले गाउँ घर मा लुकेर रहेका रोग तथा बिरामी हरु को पहिचान तथा रोग को निदान हुने हुँदा यस्तो पुन्य कार्यमा कान्तिपुर स्वास्थ्य केन्द्र सदैव तयार रहेको पनि बताउनु भयो। आजै ३० वटा बाफ लिने मेसिन स्टिमर पट पनि सिपाघाट मा रहेको इन्द्रावती गङा सहकारी सस्था का बिपन्न सदस्य हरु लाई र ३० वटा स्थानिय हरुलाइ निशुल्क बितरण पनि गरियो।साथै कान्तिपुर स्वास्थ्य केन्द्र सिपाघाट बाट २४ सै घण्टा स्वास्थ्य सेवा प्रदान गर्दै आएको ले जुनसुकै समय मा पनि यहाँहरुको सेवा मा तयारी अवस्था मा रहेको पनि सन्चालक खडका ले बताउनु भयो।