काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ ।
उपचारको क्रममा आज बिहान २ बजेर ५८ मिनेटमा उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको हो।
पारिवारिक स्राेतका अनुसार उनकाे भेन्टिलेटरमा राखेर उपचार भइरहेकाे थियाे । उपचारकै क्रममा उनकाे निधन भएकाे हाे ।
२२ कार्तिक २०८२, शनिवार ०७:३७ मा प्रकाशित