मेलम्ची भोताङ सडक शिलान्यास

दिपक विक्रम देउजा

मेलम्ची, तिपेनी हुँदै भोताङ जोड्ने मुख्य राजमार्ग अन्तर्गत मेलम्ची–खाल्डेखोला खण्ड सडक स्तरोन्नति तथा कालोपत्रे कार्यको शनिबार बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री माननीय कृष्णकुमार तामाङ (समीर)ज्यूको प्रमुख आतिथ्यतामा औपचारिक रूपमा शिलान्यास सम्पन्न भएको छ ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका नगरप्रमुख श्री आइतमान तामाङज्यु, पाँचपोखरी–थाङपाल गाउँपालिकाका अध्यक्ष श्री टाँसी लामाज्यु, वडाध्यक्षहरू, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय राजनीतिक दलका नेतागण तथा सरोकारवाला समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त आयोजनाको कार्य बागमती प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय, सिन्धुपाल्चोक (चौतारा)को आयोजनामा, ईफाता/गेहेन्द्र जे.भी. ठेकेदार कम्पनीसँग रु. ९ करोडको ठेक्का सम्झौता संगै सुरु गरिएको हो।

वर्षौँदेखि केवल भाषणमा सीमित रहँदै आएको यो सडक अब वास्तविकतामा रुपान्तरण हुने भएको छ । यस सडकको स्तरोन्नति सम्पन्न भएपछि मेलम्ची र पाँचपोखरी–थाङपाल क्षेत्रको आर्थिक, सामाजिक तथा पर्यटन विकासमा नयाँ जीवनशक्ति थपिने अपेक्षा गरिएको छ । र ऐतिहासिक कदमले मेलम्चीको समग्र विकास यात्रामा नयाँ अध्यायको सुरुवात गरेको स्थानीयवासीहरूले अनुभूति गरेका छन्।

प्रतिक्रिया