आज बाट सोह्र श्रद्ध सुरु

दिपक विक्रम देउजा

आजबाट सोह्र श्राद्ध अर्थात पितृ पक्ष सुरु भएको छ ।१५ दिनसम्म चल्ने पितृ पक्षमा स्वर्गीय भइसकेका पूर्वजहरुलाई पिण्ड दान तथा तर्पण गर्ने गरिन्छ । 


पितृलाई सम्मानका साथ तर्पण, सिधादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो । चाडपर्व यज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दु शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । 

आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म तिथिअनुसार पितृको श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो । 


प्रतिक्रिया