एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मेलम्ची शाखाबाट मिति २०८०/०२/३१गते बिमाङ्क रकम ८,००,०००/- (आठ लाख मात्र) को बिमा गरेको बिमित श्री सिमसन तामाङ्गको बाल भविष्य प्लसमा प्रस्तावक श्री राम बहादुर तामाङ्ग रहि बिमा गरेकोमा प्रत्येक वर्ष रु ५२,८०४ का दरले ३ वर्षमा रु १,५८,४१२/- कम्पनी लाई तिर्नु भएको थियों। मिति २०८२/०४/१५ गते प्रस्तावक राम बहादुर तामाङको प्राण घातक रोगको कारण मृत्यु भएपछि नाबालक सिमसन तामाङ्गलाई रु ८ लाखको १% का दरले १६७ महिनासम्म ८,००० का दरले मासिक रुपमा १३ वर्ष भित्र १३,३६,०००/-पाउने र बाँकी १३ वर्षको वार्षिक बिमा शुल्क कम्पनीबाट छुट गराई दिने र अवधि समाप्तिमा भएपछि पूर्ण बिमाङ्क रु ८,००,००० र तिन वर्षको बोनस सहित गर्दा लगभग २१लाख ३६ हजार रुपियाँ बच्चाले पाउने कुरा एशियन लाइफको मेलम्ची शाखाको इन्चार्ज सुधिर शर्मा दाहालले र एशियन लाईफ इन्स्योरेन्सकोे अभिकर्ता ल्हाक्पा तामाङले जानकारी दिनुभयो।