हेलम्बु -५, च्योमथलिमामा जारी "सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरीय प्रथम राम बहादुर तामाङ स्मृति कप २०८२" भलिबल प्रतियोगिताको फाइनलमा मेलम्ची नगरपालिका र मेलम्ची -७ को नमुना एक्टिभ युथ क्लब भिड्ने भएका छ्न । मेलम्चीले जुगल र नमुनाले सृजनसिललाई हराउँदै फाइनल पुगेका हुन ।तेस्रो स्थान भने जुगलले सृजनसिल मेलम्ची ७लाई हराउँदै प्राप्त गरेको छ । फाइनल भोलि २८ गते हुने छ ।
सिएमसिवाइसि हेलम्बुको आयोजनामा भैरहेको भलिबल प्रतियोगिताको उपाधि बिजेताले १ लाख दोस्रोहुनेले ७५ हजार र तेस्रोले ५० हजार पाउने आयोजकका सदस्य डेन्डुप शेर्पा बताउनुभयो । भोलि बागमती प्रदेशका खानेपानी उर्जा मन्त्री कृष्णकुमार तामाङ समिरको प्रमुख आतिथ्यमा पुरस्कार वितरण हुने र सांस्कृतिक कार्यक्रम पनि हुनेछ ।
२७ माघ २०८२, मङ्गलबार १०:०७ मा प्रकाशित